May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

सानिमा बैंकका ग्राहकलाई एप्पलका प्रोडक्टमा विशेष छुट

सानिमा बैंकका ग्राहकलाई एप्पलका प्रोडक्टमा विशेष छुट

सानिमा बैंकका ग्राहकहरूले आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर वर्ल्ड) बाट एप्पलका सामान किन्दा विशेष छुट पाउने भएका छन् ।

शुक्रबार बैंकको डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालका महाप्रबन्धक नवीन जोशीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

शुक्रबारबाट सुरु भएको यो छुटमा फ्युचर वर्ल्डबाट खरिद गर्ने एप्पल कम्पनीका आइफोन, आइप्याड, म्याकबुक तथा अन्य सामानहरूमा छुट पाइने भएको हो ।

सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मलमा अवस्थित फ्युचर वर्ल्डमा एप्पलका प्रोडक्ट खरिद गर्दा ६ हजार रुपैयाँसम्म नगद तथा ७ हजार रुपैयाँसम्मका एसेसरिज पाउनेछन् ।