May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

कोरोनाले विश्व अर्थतन्त्रमा प्रभाव पार्दे

कोरोनाले विश्व अर्थतन्त्रमा प्रभाव पार्दे


फागुन १८, काठमाडौं ।

जनवरीको मध्यबाट चीनमा महामारीका रूपमा पैmलिएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणले चीनसँगै विश्वलाई आतंकित तुल्याएको छ । यो भाइरस महामारीका रूपमा पैmलिएको एक महिना भइसक्दा पनि त्रास अझै बाँकी छ । यस विपत्तिमाथि जित हासिल गर्न चीन युद्धस्तरमा खटिरहेको छ । चीनले चालेको कदमले विश्वभरि मात्रै होइनस चीनभरि पनि यो भाइरस संक्रमण सजिलै पैmलिन भने पाएन । यस कोरोना भाइरसको उद्गमस्थल चीनको हुपै प्रान्तको वुहान सहरमा संक्रमण भएको पाउनेबित्तिकै उक्त सहरको आवतजावत रोकेर भाइरसलाई चीनभरि मात्रै होइनस सारा संसारमा पैmलिनबाट जोगाएको छ । विश्वलाई धेरै हदसम्म सुरक्षित महसुस गराए पनि चीनको अरू सहर र प्रान्तमा यो भाइरस फैलिनबाट रोक्न भने सकेन जसले आम चिनियाँको जीवन प्रभावित बनाएको छ नै यस्ले विश्वलाई नै आतंकित बनाएको छ ।
विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण फैलिदै जाँदा विश्वमै आर्थिक मन्दी छाउनसक्ने त्रास बढेको छ । कोरोनाको संक्रमणले महामारीको रुप लिनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी र यसले विश्वमा आर्थिक मन्दी छाउने त्रासका कारण लगानीकर्ताहरुले वस्तु तथा विनिमय बजारमा लगानी गर्न छोडेका छन् ।
कोरोना भाइरसको आतंकले विश्वकै शेयर बजारमा ठूलो गिरावट आएको छ । यो साता मात्रै शेयर बजारबाट १० खर्ब डलर गुमेको छ । यो सन् २००८ मा विश्वमा छाएको आर्थिक मन्दी यताकै ठूलो गिरावट हो । कोरोना संक्रमण केही महिनाभित्रै नियन्त्रणमा लिन सकेर आर्थिक क्रियाकलाप समान्य भए मात्रै आर्थिक मन्दीलाई रोक्न सकिने विज्ञहरुले औंल्याएका छन् ।
चीनबाट शुरु भएको कोरोना संक्रमण हालसम्म ५० बढी मुलुकहरुमा फैलिसकेको छ । उत्पति भएको थलोमा संत्रमितको संख्या घट्दै गएपनि अन्य मुुलुकहरुमा संक्रमण फैलने क्रम जारी रहेको भन्दै विश्व स्वास्थ्य संगठनले पनि सतर्कता अपनाउन विश्व समुदायलाई आग्रह गरेको छ ।
चीनमा आज मात्र थप ४४ जनाको मृत्यु भएको छ भने ३ सय २७ नयाँ संक्रमित फेला परेका छन् । यो संख्या पछिल्लो एक महिनायताकै न्यून हो । चीनमा संक्रमितको संख्या करिब ८० हजार पुगेको छ भने २ हजार ७ सय ९० जनाको मृत्यु भइसकेको छ । चीनपछि दक्षिण कोरिया, इरान र इटली सबैभन्दा बढी प्रभावित भएका छन् ।
दक्षिण कोरियामा संक्रमितको संख्या २ हजार ३ सय ३७ पुगेको छ । इरानमा ३४ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३ सय ८८ पुगेको छ । संक्रमित बढ्दै गएपछि इरानले मुस्लिमहरुको शुक्रबार हुने धार्मिक प्रार्थना स्थगित गरेको छ ।
आज मात्रै नाइजेरिया, लागोस, बेलारुस, न्यूजील्याण्ड, नेदरल्याण्ड्स, लिथुनियामा पहिलोपटक संक्रमण फेला परेको छ ।
चिनियाँ अर्थतन्त्रमा सबैभन्दा ठूलो धक्का
चिनियाँहरूको नयाँ वर्षसँगै वसन्त चाडको अवधिमा यस भाइरसको संक्रमणले करोडौं चिनियाँको योजना अलपत्र बनायो । यस वर्ष जनवरी १० देखि फेब्रअरी १८ सम्मको ४० दिन ‘छुनयुन’ को अवधि थियो, अथात् करोडौं चिनियाँहरूको आवतजावतको अवधि थियो । कर्मथलोबाट जन्मथलो जाने र फेरि फर्कने तथा आन्तरिकसँगै बाह्य पर्यटनको यो समयमा ३ अर्ब ट्रिप्स (यात्रा) पुग्ने अनुमान राष्ट्रिय विकास तथा सुधार आयोगले जनवरी १० तारिख आयोजित पत्रकार सम्मेलनमा बताएको थियो । तर कोरोना भाइरसको महामारीका कारण जनवरी १० देखि फेब्रुअरी १० सम्म ३२ दिनको अवधिमा मात्र एक अर्ब ३८ करोड यात्रा भएका छन् । जुन गत वर्षको सोही समयावधिको तुलनामामा ४३.१ प्रतिशतले गिरावट आएको छ । गत वर्ष २०१९ को वसन्त चाडको सात दिनको लामो बिदा अवधिमा मात्र पर्यटन, पारिवारिक भेटघाटको सिलसिलामा ६२ लाख आन्तरिक यात्रा र ७२ लाख वैदेशिक यात्रा भएका थिए । यसपटक महामारीका कारण धेरै सहरहरूले ‘लकडाउन’ नै गरेका थिए भने कतिपय मुलुकले चीनसँगको हवाई सम्पर्कसमेत विच्छेद गरेको अवस्था रह्यो ।
कोरोना भाइरसको महामारीबाट चीनको अर्थतन्त्रसँगै विश्व आर्थिक जगत्मा केही असर परे पनि चीनको आर्थिक विकासका आधारभूत अवस्थामा परिवर्तन हुने छैन ।
चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार, गत वर्षको साताव्यापी वसन्त चाडको बिदामा मात्र ५१३.९ बिलियन युआन आन्तरिक पर्यटनबाट आम्दानी भएको थियो । सोही अवधिमा सरसामान तथा खाद्यवस्तुको कारोबार १.०१ ट्रिलियन युआनको पुगेको चीनको वाणिज्य मन्त्रालयको तथ्यांकले देखाउँछ । यसैगरी सोही अवधिमा चिनियाँ बक्सअफिसले पाँच बिलियन युआनको आँकडा पार गरेको थियो । यसरी छुनयुन र वसन्त चाडको अवधिमा चलायमान रहने अर्थतन्त्र यस वर्ष कोरोना भाइरस संक्रमणका कारण शिथिल बन्न पुग्यो । कोरोना भाइरसले चीनको २०२० को पहिलो त्रैमासिक आर्थिक वृद्धिमा गिरावट ल्याउने देखिए पनि सो त्रैमासिकमा जीडीपी वृद्धि दर ५ प्रतिशतभन्दा माथि रहने अपेक्षा चिनियाँ विज्ञहरूले गरेका छन् । साथै यस वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतमा स्थिर रहने अनुमान छ । विज्ञका भनाइअनुसार, यस भाइरस संक्रमणको प्रभाव मुख्यगरी पर्यटन, यातायात, उड्डयन र शिक्षा क्षेत्रमा मात्र परेको छ । उपभोक्ताहरूले मासुसहितको कृषिजन्य उत्पादन खरिद गरिरहेका छन् र घरेलु खपत कम भएको छैन ।
यसैबीच, यस संक्रमणको निवारणमा लाग्ने समय अवधिले चिनियाँ अर्थतन्त्रलाई असर पार्न सक्ने चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले फेबु्रअरी ११ मा आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । उनले भाइरस संक्रमण तथा रोगको निवारण र नियन्त्रणमा देखिने प्रगति र उपलब्धिबाट चिनियाँ अर्थतन्त्रमाथि केकति असर भयो भन्ने बुझ्न सकिने औंल्याएका छन् । साथै चीनको अर्थतन्त्रमा दीर्घकालीन रूपमा सकारात्मक प्रवृत्ति रहने र संक्रमणबाट हुने असरलाई सन्तुलन गर्न चीन सक्षम रहेको पनि बताए । संक्रमणको छिटोभन्दा छिटो अन्त्यले नै अर्थतन्त्रलाई स्थिर बनाउने छ । साथै विश्व अर्थतन्त्रको स्थिर वृद्धिका लागि पनि अन्तर्रा्ष्ट्रिय जगत्को दरिलो समर्थन आवश्यक छ । भाइरसको प्रतिकारका साथै हवाई सम्पर्कको पुनस्र्थापना, व्यापारलगायतका क्षेत्रमा विभिन्न मुलुकबीच समर्थन र समन्वय हुन आवश्यक छ ।
विश्वभरि चीनमा निर्मित वस्तुको खपत धेरै हुन्छ । चीन विश्वमा सबैभन्दा ठूलो उत्पादनकर्ता मुलुक हो । दोस्रो आर्थिक शक्ति राष्ट्रसँगै चीन विश्वमा सबैभन्दा ठूलो व्यापार गर्ने मुलुकमध्ये एक हो । सबैभन्दा ठूलो निर्यातकर्ता र आयातकर्ता मुलुकमध्येको एक हो । साथै ‘मेड इन चाइना’ अहिले आएर सस्तो मात्रै होइनस टिकाउ र भरपर्दाे पनि भइसकेको छ । २०१९ मा चीनको वैदेशिक व्यापार ३.४ प्रतिशतले बढ्दै ३१.५४ ट्रिलियन युआनको कारोबार भएको तथ्यांकले देखाउँछ । यो संक्रमण अझै केही महिना भयावह रहने हो भने मागअनुसारको आपूर्ति नभएर विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्ने छ । सन् २०१९ मा चीनले निर्यात गरेका विद्युतीय सामग्री, विद्युतसम्बन्धी र मेसिनरी वस्तुको व्यापार मात्रा १०.०६ ट्रिलियन युआन थियो । चीनको भन्सार प्रशासनका अनुसार, २०१९ मा निर्यात तथा आयातमा संलग्न रकम क्रमशः १७.२३ ट्रिलियन र १४.३१ ट्रिलियन छस जुन अघिल्लो वर्षको तुलनामा २०१९ मा निर्यात ५ प्रतिशत र आयात १.६ प्रतिशतले बढेको छ ।
यसैबीच चीनको राज्य परिषदन्तर्गत संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थाले फेब्रुअरी ११ मा बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय विकास र सुधार समितिका महासचिव छोङ ल्याङले जनजीवनसँग सम्बन्धित रहेका महत्वपूर्ण क्षेत्रको उत्पादन तत्काल पुनः सुरु गर्ने तथा प्रभावित क्षेत्र र अन्य कम जरुरी क्षेत्रको उत्पादन तथा सञ्चालन वास्तविक अवस्थाबमोजिम केही समयसम्म लम्ब्याउन सकिने बताएका छन् । उत्पादनका साथै जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढ्नु तत्कालको आवश्यकता हो । चीनको सुधार र विकास समितिले फेब्रुअरी ११ तारिख नै जनाएअनुसार, चीनको हुपै प्रान्तबाहेकका अरू क्षेत्रहरूमा उद्योग र कामकाज विस्तारै सञ्चालन हुँदै आएका छन् । कोरोना भाइरसको महामारीका कारण चिनियाँ वसन्त चाडको लम्बिएको बिदा (फेब्रुअरी १०) पछि विभिन्न महत्वपूर्ण उद्योग व्यवसायहरूका उत्पादन पुनः सुरु भएका हुन् ।
उद्योग व्यवसाय नै अर्थतन्त्रको महत्वपूर्ण अंग हो । यो संक्रमणबाट व्यवसायमा पर्ने असरलाई कसरी न्यूनतम विन्दुमा झार्ने भन्ने नै वर्तमान चीनको अर्थतन्त्रको सबैभन्दा महत्वपूर्ण विषय हो । यस्तो नकारात्मक असर हुँदाहुँदै पनि चीन फटको मार्ने विकास गर्न सक्षम छ । चिनियाँ अर्थतन्त्रले जस्तो विषम अवस्थालाई पनि निरन्तर पार गर्दै सशक्त हुँदै आएको छ । साथै देशी तथा विदेशी अर्थ्विद्हरूले पनि चिनियाँ अर्थतन्त्रमा क्षणिक रूपमा मात्र नकारात्मक असर परेको र चाँडै आफ्नो लय समात्ने विश्वास राखेका छन् । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी ७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्दै चीनसँग कोरोना भाइरस महामारीलाई पराजित गर्ने विश्वास र क्षमता रहेको र चीनको अर्थतन्त्र दीर्घकालीन सही दिशातर्फ उन्मुख हुने प्रवृत्तिमा परिवर्तन नहुनेमा जोड दिएका थिए ।
चिनियाँ केन्द्रीय बैंक अर्थात् चिनियाँ जन बैंकका उपगभर्नर फान कुङ सङले फेब्रुअरी ७ मा जन बैंकले तीन खर्ब चिनियाँ युआनको रिफाइनान्सिङ गरेको बताउँदै सहुलियत ऋण ब्याज कार्यान्वयन गरेर महत्वपूर्ण चिकित्सा, जनजीवनमा आवश्यक सामग्री आदि क्षेत्रका उद्योग–व्यवसायलाई समर्थन दिने बताएका छन् । उनका अनुसार, महामारीको अन्त्यपछि चीनको अर्थतन्त्र पुनः उदय हुनेछ र उच्च गुणस्तरको वृद्धिको आधारभूत अवस्थामा परिवर्तन आउने छैन । चीनको वित्त बजारमा सिर्जना भएको प्रभाव अवश्य नै छोटो तथा अस्थायी हुनेछ । चीनको बैंकिङ र बिमा नियामक आयोगका उपाध्यक्ष छाउ युका अनुसार महामारी सुरु भएदेखि चीनको बैंकिङ र बिमा संस्थाले तुरुन्तै महामारीको नियन्त्रण तथा प्रतिरोधमा बैंकिङ सेवा तथा प्रत्याभूति सम्बन्धित काम सञ्चालन गरिरहेको छ । उपाध्यक्ष छाउका अनुसार सुधार तथा खुलापन र निगरानी तथा व्यवस्थापन विकासमा केही वर्षयता चिनियाँ वित्तीय संस्था र वित्त बजारको लचिलोपन स्पष्टरूपमा बलियो बन्दै गएको छ र नकारात्मक प्रभावको प्रतिरोध क्षमता ठूलो परिमाणमा बढेको छ । यस वसन्त चाड र संक्रमणको अवधिमा कोरोना भाइरसको प्रतिरोधका क्रममा ई–वाणिज्य निकै फस्टाएको छ । अनलाइन व्यापार र सेवासँगै ई–गेम्सले डिजिटल इकोनोमीमा उल्लेख्य योगदान र्पुयाएको छ ।
धेरै वर्षयता विश्व अर्थतन्त्रमा चीनको आर्थिक वृद्धि योगदान दर ३० प्रतिशत छ । चीन निरन्तर विश्वको आर्थिक विकासको ‘इन्जिन’ बन्दै आएको छ । हाल महामारीबाट चीनको अर्थतन्त्रसँगै विश्व आर्थिक जगत्मा केही असर परे पनि चीनको आर्थिक विकासका आधारभूत अवस्थामा परिवर्तन हुने छैन । चीनले यस महामारीविरुद्धको युद्धमा जित हासिल गर्ने छ । यो महामारी धेरै समय रहने छैन । विजय अवश्यम्भावी छ । यसर्थ चीनले विश्वको आर्थिक वृद्धि दरलाई निरन्तर रूपमा शक्ति थप्ने नै छ । विभिन्न एजेन्सी आधारित रिपोर्ट