April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो आज?

सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो आज?

१८फागुन, काठमाण्डौ ।
आइतबार नेपाली बजारमा पनि सुनको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार घटेको सुनको मूल्यमा आइतबार पनि कमी आएको हो ।
शुक्रबारको तुलनामा आइतबारको मूल्य प्रतितोला १२ सय रुपैयाँले कम छ । आज छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर सुन तोलाको ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन शुक्रबारको मूल्यभन्दा प्रतितोला १२ सय रुपैयाँले नै घटेर प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आइतबार तोलाको आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।