May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

नाफाउन्मुख बन्दै सरकारी लगानीको हेटौँडा सिमेन्ट

नाफाउन्मुख बन्दै सरकारी लगानीको हेटौँडा सिमेन्ट

फागुन १८, काठमाण्डौ ।
सरकारी लगानीका धेरै उद्योगहरु धरासयि बनिरहेका बेला विगत ३ वर्षदेखि नाफा कमाउदै आइरहेको सरकारी लगानीकै हेटौँडा सिमेन्ट उद्योग भने यतिबेला आफ्नो उत्पादन क्षमता बढाउन लागिपरेको छ । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले आफ्नो उत्पादन क्षमता बढाउने भएको हो । उद्योग संघले जनाएअनुसार उद्योगको क्षमता बृद्दीको लागि करिब २ अर्ब ८८ करोड खर्च गरिनेछ ।
२०३२ साल असोज १३ गते स्थापना भएको यो उद्योग पहिले घाटामा रहेतापनि कुशल व्यवस्थापन र कर्मचारीको मेहनतको कारण आर्थिक वर्ष २०७० र २०७१ देखि लगातार फाइदामा गएको छ ।
पहिला जहिले पनि ग्राहकको रोजाइमा हेटौंडा सिमेन्ट परे पनि माग अनुसार उत्पादन गरि पूर्ति गर्न नसक्दा जहिले पनि अभाव नै हुन्थ्यो। महंगोमा समेत किन्नुपर्ने अवस्था थियो, तर अहिले त्यो अवस्था छैन।

हाल १० देखि १२ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले बिग्रिएका मेसिन मर्मत गर्ने तथा आधुनिक प्रविधियुक्त मेसिन थपेर उद्योगको क्षमता दैनिक ५० देखि ६० बोरा पुर्याउने लक्ष्य लिएको छ । उद्योगको उत्पादन लागत हाल प्रतिबोरा करिब ६ सय ६० रुपैयाँ छ । निजि उद्योगसँग प्रतिस्पर्धा गर्न तथा उद्योगको क्षमता अभिवृद्धि गर्न हाल भएको मेशिन मर्मत गर्नुका साथै क्षमता समेत विस्तार गर्न लागिएको हो ।
पछिल्ला समयमा सरकारी उद्योगहरु पनि रणनीतिक हिसाबले प्रतिस्पर्धीका रूपले अगाडि बढ्नुलाई सफलता मान्न सकिन्छ।