June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कोरोनाले लियो अमेरिकामा फेरी अर्का व्यक्तीको ज्यान, विश्वभर ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो

कोरोनाले लियो अमेरिकामा फेरी अर्का व्यक्तीको ज्यान, विश्वभर ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो

१९ फागुन, काठमाण्डौ ।
कोरोना संक्रमणका कारण अमेरिकामा फेरी अर्का व्यक्तिको पनि ज्यान गएको छ। ज्यान गुमाउनेमा वासिङ्गटनको किङ्ग काउन्टी अस्पतालमा उपचाररत ७० बर्षीय एक पुरुष रहेका त्यहाँ कार्यरत अधिकारिहरुले जनाएका छन् ।
यसअघि आइतबार बिहान पनि अमेरिकामा कोरोना संक्रमणबाट एकजनाको ज्यान गएको थियो।
व्यापक स्वास्थ्य सतर्कताका वावजुद अमेरिकामा यो सँगै ज्यान गुमाउनेको सँख्या २ पुगेको हो ।
विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार नाघेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार हुबेईमा थप ४२ जनाको मृत्यु भएको जनाएको छ । योसँगै चीनमा यस रोगबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९१२ पुगेको छ ।
चीनबाहिर ज्यान गुमाउनेको सङ्ख्या १ सय २९ रहेको छ । यसमा इरानमा ५४, इटालीमा ३४, दक्षिण कोरियामा २०, जापानमा १२, हङकङमा २ र फ्रान्समा २ जना रहेका छन् । फिलिपिन्स, ताइवान, अस्ट्रेलिया, थाइल्याण्डमा १ र अमेरिकामा २ जनाले ज्यान गुमाएका छन् । एजेन्सी ।