आज देखि निगमको नारिता उडान सुरु

आज देखि निगमको नारिता उडान सुरु

फागुन १९, काठमाडौं
नेपाल वायुसेवा निगमले फागुन १९ गते अर्थात् आजबाट जापानको नारिता उडान सुरु गर्ने भएको छ । निगमले जापानको नारितामा हप्ताको ३ दिन अर्थात सोमबार ,बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ गर्ने भएको हो ।
निगमका अनुसार हालका लागि भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरिएको छ ।
टोकियो बाट नेपाल आउने र जाने यात्रुको माग बढेपछि निगमले जापानको ओसाका उडान स्थगित गरेर टोकियो नजिक रहेको नारिता उडान सुरु गर्न लागेको हो । नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झट समेत समाप्त हुने निगमको दाबी छ ।