May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

अर्थमन्त्री खतिवडाको निरन्तरताको कारणनै नेप्सेमा पहिरो

अर्थमन्त्री खतिवडाको निरन्तरताको कारणनै नेप्सेमा पहिरो

फागुन १९, काठमाडौं । अर्थमन्त्रीमा युवराज खतिवडाले नै निरन्तरता पाउने हल्ला चलेपछि सेयर बजारमा पहिरो गएको छ । सेयर बजारमा सोमबार दुई पटक ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ ।
राष्ट्रियसभा सांसद युवराज खतिवडा म्याद सकिएपछि सांसद नरहने हल्ला चलेसंगै सेयर बजार बढ्न थालेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ६ महिना खतिवडालाई अर्थमन्त्री बनाउने संकेत गरेपछि सेयर बजारमा पहिरो जान सुरु भएको छ । सोमवार शेयर बजार परिसूचक नेप्से ९६.०६ अंकले तल झरेर १४ सय ९५ अंकमा छरेको छ ।
बजार फराकिलो अंकले घट्दा पुरै समय कारोबार हुन पाएन । केही लगानीकर्ता र ब्रोकरहरुसँग कुराकानी गर्दा बजार घट्नुमा प्रमुख कारण बनेका छन् अर्थमन्त्री डा युवराज खतिवाड । खतिवडाले निरन्तरता पाउने निष्चित भएको भन्दै बजार हिजैदेखि घटिरहेको थियो । गत साता मात्रै २०० अंक हाराहारी बढेर नाफा गरेका लगानीकर्ताले अर्थमन्त्री खतिवडाको निरन्तरतासँगै घट्ने प्रक्षेपण गरेर सेयर बेच्ने थाले ।
अर्को कारण बजार निरन्तर बढिरहेको थियो। १६०० अंकमा पुगेपछि केही ब्रेक लाग्छ भन्ने प्रावधिक विश्लेषणहरु बाहिर आइरहेको थियो । १६०० अंक नाघेपछि बजार झर्छ भन्ने प्राविधिक विश्लेषणलाई विश्वास गर्ने ठिक सावित भए ।
पछिल्लो समय नाफा बुक गर्न लगानीकर्ताहरु सेयर बेच्न थालेका छन् । सबैको मनोविज्ञान बजार घट्छ भन्नेमा पुगेकाले सोमबार ९६ अंकको गिरावट आएको उनीहरुको तर्क छ । बजारमा २ अर्ब १५ करोडको किनबेच भएको छ । कारोबार रकमका आधारमा सबैभन्दा पहिलो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । नेपाल लाइफको आइतबार १५ करोड ६८ लाख ११ हजार २ सय ५६ रुपैयाँको शेयर किनबेच भएको छ । एनआइसी एशिया बैंक र एनएमबि बैंक कारोबार रकमका आधारमा दोस्रो र तेस्रो नम्बरमा देखिएका छन् । एनआइसी एशियाको १४ करोड ६१ लाख ५२ हजार १ सय ५० रुपैयाँको कारोबार भएको छ भने एनएमबिको ८ करोड ९५ लाख २३ हजार ६ सय २० रुपैयाँको शेयर किनबेच भएका छन् ।