April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

बैंकले नाफा बढाउँन बचतकर्तालाई दिने ब्याजदर घटाउन थाले

बैंकले नाफा बढाउँन बचतकर्तालाई दिने ब्याजदर घटाउन थाले

फागुन २०, काठमाडौं ।
बैंकहरूले ठूला व्यापारीको ऋणमा ब्याज घटाउने प्रतिस्पर्धा सुरु गरेका छन् । लगानीयोग्य पुँजी बढी भएपछि बैंकबीच अर्काको ग्राहक तान्ने खेल भएको छ ।
राष्ट्र बैंकले आधार दरको घटबढअनुसार ब्याजदर पनि हरेक तीन महिनामा परिमार्जन गर्न सक्ने सुविधा बैंकलाई दिएको छ । बैंकले प्रकाशित गर्ने ब्याजदरमा यो नियम लागू हुन्छ । यसरी आधार दरको अनुपातमा भने कर्जाको ब्याजदर घटेको छैन । बैंकर पनि प्रायः साना ऋणीको ब्याजदर अहिले पनि १२ प्रतिशतभन्दा माथि नै रहेको छ । तर पछिल्लो समय बार्गेनिङमा ब्याजदर घटाउने क्रम बढेसँगै ब्याजदर प्रतिशतमा घटेको छ । यस्ले बैंक तथा वित्तीय क्षेत्रमा ठूलै धक्का लाग्दै आएको समय यसबाट मुक्त हुनको लागि बचतमा ब्याज बढाउँने रणनीति अगाडि सारेका छन् ।
अघिल्लो वर्ष छ महिनामा २९ प्रतिशत मुनाफा बढाएका बैंकको मुनाफा वृद्धिदर यसपालि संकुचन भएको छ । यसपालि पुसमसान्तसम्म बैंकहरुको मुनाफा साढे ६ प्रतिशतले मात्र बढेको छ ।
बैंकहरुले अपेक्षितरुपमा मुनाफा बढाउन नसकेपछि बचतकर्तालाई दिने ब्याजदर घटाउन थालेका छन् । ब्याज खर्च घटाउन भन्दै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाएका हुन् । तर यसले बचतमा कमी आइ तरलता अभाव चर्किने जोखिम हुने छ । गत वर्ष पुसमा तरलता अभाव चुलिएपछि बचत आकषिर्त गर्न बैंकबीच निक्षेपमा ब्याज धेरै दिने होड चल्यो । केहि बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १४ प्रतिशतसम्म ब्याज दिए । निक्षेप खोसाखोसको स्थिति अन्त्यका लागि बैंकरहरुले बचतमा साढे ६ प्रतिशतभन्दा बढि ब्याज नदिने भद्र सहमति गरे । अहिल केहि बैंकले बचतको ब्याजदर ५ प्रतिशतमा झारेका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ अन्तिम साता ब्याजदर ५ प्रतिशतमा झारेकामा उसलाई अहिले हिमालयन, इन्भेष्टमेन्ट र नबिल बैंकले पनि पछ्याएका छन् । बजारमा तरलता सहज नभएपनि ब्याज खर्च घटाएर नाफा बढाउने दबाबमा बैंकले निक्षेपकर्तालाई दिने ब्याज घटाउन थालेका हुन् । राष्ट्र बैंकका अनुसार अहिले मूल्य बृद्धिदर ६ दशमलव ८ प्रतिशत छ । बचतमा दिने ब्याज मूल्य वृद्धिदरभन्दा माथि हुनुपर्छ । अन्यथा ग्राहकले बैंकमा बचत गर्दैनन् ।
पुससम्म निक्षेपको औसत ब्याजदर ६ दशमलव सात नौ प्रतिशत थियो । त्यो ब्याजदर यो महिनामा घट्ने देखिन्छ । राष्ट्र बैंकले तरलता सहज गर्न आइतबार १० अर्बको रिपो जारी गरेकामा बैंकहरुले १७ अर्ब रुपैयाँका लागि आवेदन दिएका छन् । यसले पनि तरलता अभावको संकेत गर्छ । तरलता असहज हुँदा निक्षेप तान्न ब्याजदर बढाउनुपर्ने हो । तर बैंकरहरु बचतमा निक्षेप नबढेकाले ब्याजदर घटाएको बताउँदै आएका छन् ।