May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

श्रीलङ्कामा राष्ट्रपतिद्वारा संसद् भङ्ग गर्दे वैशाख १३ मा मध्यावधि चुनावको गरे घोषणा

श्रीलङ्कामा राष्ट्रपतिद्वारा संसद् भङ्ग गर्दे वैशाख १३ मा मध्यावधि चुनावको गरे घोषणा

काठमाण्डाै – श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले साेमबार संसद् भङ्ग गरेका छन् । संसद्काे कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदाे २५ अप्रिल (वैशाख १३) मा मध्यावधि चुनाव गराउने घाेषणा गरेका छन् । सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधि रातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्ताक्षर गरेका हुन् । वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएकाे थियाे । श्रीलङ्काकाे संसद् भङ्ग गर्नका लागि कम्तीमा साढे चार वर्षकाे कार्यकाल पूरा हुनुपर्छ र याे अवधि आइतबार राति पूरा भएकाे हाे । सरकारी सूचनाका अनुसार आउँदाे वैशाख १३ मा हुनेछ र जेठ १ गते संसद्काे पहिलाे सत्र सुरु हुनेछ । विविसिबाट