May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

कोरोनाभाइरसका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

कोरोनाभाइरसका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

२० फागुन, काठमाण्डौ ।
(कोभिड–१९) अर्थात् कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा थप ४ जनाको मृत्यु भएको छ । यसअघि अमेरिकामा २ जनाको मृत्यु भइसकेको छ । यो सँगै अमेरिकाको वासिङ्टन राज्यमा मृत्यु हुनेको सँख्या ६ पुगेको छ ।
वासिङ्टन राज्यले आफ्नो क्षेत्रमा १८ जनामा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरेको छ भने केही साता अघि सो भाइरस फैलिएसंगै करिब १५ सय मानिसहरुलाई संक्रमण भएको हुनसक्ने अनुमान गरिएको थियो ।
चिनको वुहानबाट सुरुभएको कोरोना भाइरस तिब्ररुपमा विश्वभर फैलिरहेको छ ।
विश्व स्वास्थ्य सगठनले नेपाललाई उच्च जोखिमको क्षेत्रमा राखेको छ । एजेन्सी ।