April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

राजिनामा दिदै अर्थमन्त्री खतिवडा, अन्य को – को हुँदैछन् बिदा ?

राजिनामा दिदै अर्थमन्त्री खतिवडा, अन्य को – को हुँदैछन् बिदा ?

२० फागुन, काठमाण्डौ ।
अर्थमन्त्री डा .युवराज खतिवडाले आज राजिनामा दिने भएका छन् । राष्ट्रियसभामा उनको कार्यकाल सकिन लागेकाले उनले राजिनामा दिन लागेका हुन् ।
तर, प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. खतिवडालाई काम गरिरहन भनेका छन् । एक बर्ष अगाडि प्रधानमन्त्री ओलीले डा. खतिवडालाई अर्थमन्त्रीको जिम्मेवारी दिदा नै पार्टी्भित्र असन्तुष्टि थियो । तत्कालिन नेकपा एमालेका महासचिब इश्वर पोखरेल नै अर्थमन्त्री हुन चाहेका समाचार सार्वजनिक भएका थिए । यस्तै तत्कालिन एमालेका सचिव प्रदीप ज्ञवाली पनि अर्थमन्त्री बन्ने लविङमा रहेको भनिएको थियो ।
तर, प्रधानमन्त्री ओलीले अर्थतन्त्र बुझेको ब्यक्ति भन्दै डा. खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरे । डा. खतिवडा १४ फागुन २०७४ मा अर्थमन्त्री बनेका थिए । अर्थमन्त्रीका रुपमा खतिवडा अलोकप्रिय भए । उनले देशको अर्थतन्त्रलाई कुनै योगदान दिन सकेनन् । उनको कार्यशैलीसँग व्यवसायी मात्र होइन पार्टीकै कार्यकर्ता पनि रुष्ट थिए ।

यसअघि सत्तारुढ नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । 

तर त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै सिफारिस गर्ने भनेपछि नेकपामा विवाद भएको छ। सरकारले कसलाई सिफारिस गर्‍यो भन्ने अझै खुलेको छैन ।

खतिवडाले भने आफू नै अर्थमन्त्री हुने बताएका थिए । ओली अस्पतालको बेडमा छन् । आइतबार बसेको मन्त्रिपरिषदले गरेका निर्णय पूरै बाहिर आएका छैनन् । 

बुधबार बिहान ११ बजे नयाँ सदस्यहरुको सपथ हुनेछ। बुधबार सपथ लिने सांसदमा सत्तारुढ नेकपाका १६ जना र राजपाका २ जना हुनेछन्। त्यस्तै एकजना सरकारको सिफारिसबाट राष्ट्रपतिबाट मनोनित व्यक्ति हुनेछन्। 

को – को हुँदैछन् बिदा ?
राष्ट्रियसभाबाट आज अर्थमन्त्री खतिवडासहित १८ जना सांसदहरु दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् भने कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडा रहेका छन्। दुईवर्षे कार्यकाल भएका कांग्रेसका अर्का सांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भइसकेको छ।
यसैगरी राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिँदैछ।