सिटिजन्स बैंक र भारतको मेदान्त मेडिसिटी हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र भारतको मेदान्त मेडिसिटी हस्पिटलबीच सम्झौता

२० फागुन, काठमाडौँ ।
सिटिजन्स बैंक र भारतको मेदान्त मेडिसिटी हस्पिटलबीच सम्झौता भएको छ । सिटिजन्स बैंकले आफ्ना कार्डवाहक ग्राहकहरूलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धमा सम्झौता गरेको हो ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा मेदान्त अस्पतालका तर्पmबाट सेल्स एण्ड मार्के्टिङका उपाध्यक्ष सुकेश थरेजाले हस्ताक्षर गरेका हुुन् ।
यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरूलाई १५ प्रतिशत छुट हुने भएको छ ।
यो सुविधा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूले भारतको मेदान्त अस्पतालका सबै शाखाहरूबाट पाउनेछन् ।
बैंकले हाल ९३ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।