May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

नेपालमा आयो पहिलोपटक सिसि क्यामेरा सहितको राडार गन, सवारी नियम उल्लङ्घन गर्ने सजिलै कारवाहीमा पर्ने

नेपालमा आयो पहिलोपटक सिसि क्यामेरा सहितको राडार गन, सवारी नियम उल्लङ्घन गर्ने सजिलै कारवाहीमा पर्ने

२० फागुन, काठमाडौं ।
महानगरीय प्रहरी प्ररिसरले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर खण्डमा दुईओटा सिसि क्यामेरा सहितको राडार गन जडान गरेको छ । ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तीब्र गतिमा सवारी चलाउदा हुने दुर्घनाको न्युनिकरण गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले यस्तो उपकरण जडान गरेको हो । यो उपकरण नेपालमै पहिलो पटक जडान गरीएको बताइएको छ ।
हाललाई ‘रजिष्ट्रेशन प्लेट रिकगनाइजेसन क्याप’ नामको सिसि क्यामेरा सहितको उपकरण साँगा देखि लोकन्थली सम्म चल्ने सवारी साधनको गति नाप्न जडान गरिएको हो । उक्त उपकरणले २०० भन्दा माथि सम्मको गति मापन गर्न सक्छ ।
तीब्र गतिमा हुुइँकिने सवारी साधनका कारण दुुर्घटना बढेपछि सुर्यविनायक नगरपालिकाले करिब १० लाख र अन्यको सहयोगमा उक्त क्यामेरालाई महानगरिय प्रहरी प्ररिसदको कन्ट्रोल कक्षमा जडान गरि हेर्न सकिने व्यवस्था मिलाएको हो ।
राडरले उक्त सडकमा चलेका सवारी साधनको समय,रङ ,प्रकार गाडी नम्बर,कतिकति स्पिड, गाडी कुन पोजिसनमा गुडेको थियो भन्ने सम्मको एच डी क्वालिटिको भिडियो रेकर्ड राख्ने गर्दछ । यसले रातिको समयमा समेत सबै दृश्यहरु कैद गर्ने हुदा तिव्र गतिमा आएका ,दुर्घटना गराएर फरार रहने तथा सवारी नियम उल्लङघन गर्ने जो कोहीले पनी कारवाहीको दायरा बाट उम्कन नसक्ने दाबी परिसदले गरेको छ ।
अहिले सो खण्डबाट प्रतिघण्टा ५० किलो मिटर सवारी साधन चलाउन पाउँने नियम रहेको छ ।
सडक विभागले निर्धारण गरेको गति अनुसार अब सवारी चालकले गाडीहरू चलाउनुपर्नेछ ।
तिव्र गतिमा सवारी चलाउने कारवाहीमा पर्ने छन् । विश्वका विभिन्न शहरमा प्रयोग भइसकेको यो यन्त्र नेपालमा भने पहिलो पल्ट जडान गरिएको हो ।