पूर्व राजा ज्ञानेन्द्रले दिए प्रधानमन्त्रीलाई यस्तो सन्देश

पूर्व राजा ज्ञानेन्द्रले दिए प्रधानमन्त्रीलाई यस्तो सन्देश

२० फागुन, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला मिर्गाैला प्रत्यारोपणको लागि अस्पतालमा छन् । अस्पतालमा रहेका ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् । शाहले आफ्ना प्रतिनिधिलाई अस्पताल पठाएर प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।


शाहले आफ्नो शुभकामना सन्देश आफ्ना पूर्वसचिव पशुपति भक्त महर्जनमार्फत प्रधानमन्त्री ओलीसमक्ष र्पुयाएका हुन् । पूर्वराजा शाहको सन्देश बोकेर महर्जन अस्पताल पुगेका थिए ।

ओलीको मिर्गौला प्रत्यारोपण गर्न भारतबाट चिकित्सक झिकाइएको छ ।
१३ वर्षअघि नयाँ दिल्लीको अपोलो अस्पतालमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मिर्गौला दिनुभएको थियो । पहिलेको मिर्गौलाले काम गर्न छोडेपछि दोस्रो पटक फेरि प्रत्यारोपण गर्न लागिएको हो ।

प्रधानमन्त्री ओलीको १३ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचार गरेपछि निको भएका उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए ।

पछिल्लो समय भने प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न छोडेपछि उनको नियमित डायलासिस गर्न थालिएको थियो।