मेटलाइफको एजेन्सी कार्यालय जनकपुरमा

मेटलाइफको एजेन्सी कार्यालय जनकपुरमा

फागुन २०, काठमाडौँ ।
मेटलाइफले धनुषाको जनकपुरमा एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको छ । सोमवार उक्त कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले सो कार्यलयको उद्धघाटन गरेका थिए ।
उक्त एजेन्सी कार्यालयको सेवाले जनकपुर क्षेत्रमा रहेका कम्पनीका ग्राहकलाई सहज हुने कम्पनीको भनाइ छ । कार्यालयले ग्राहकलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण सेवा प्रदान गर्नेछ । साथै बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोध बुझ्ने तथा अन्य कागजपत्रको पर्याप्तता हेर्नेजस्ता सेवा प्रदान गर्ने जनाएको छ ।
उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै मेटलाइफका नेपालभर ३३ ओटा कार्यालय पुगेका छन् ।