क्रिकेट वरियतामा नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा

क्रिकेट वरियतामा नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा

फागुन २१, काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको ‘टी—२०’ वरीयतामा नेपाल तीन स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको पछिल्लो नयाँ वरीयताअनुसार १२ औँ स्थानमा रहेको नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो । ‘टी—२०’ वरीयतामा नेपाल हालसम्म ११ औँ स्थानसम्म पुगेको छ । एक दिवसीय वरीयतामा यथावत १६ औं स्थानमा रहेको नेपाल ‘टी—२०’ मा भने ओरालो लागेको हो ।
एसोसियट राष्ट्रमा भने नेपालभन्दा अघि स्कटल्याण्ड र यूएई क्रमशः १२ औँ र १४ औँ स्थानमा रहेका छन् । ‘टी(२०’ वरीयताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ भने अष्ट्रेलिया दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, भारत चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।