April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

नेपालद्धारा थाइलेण्ड ९ विकेटले पराजित

नेपालद्धारा थाइलेण्ड ९ विकेटले पराजित

फागुन २१, काठमाडौं ।
एसीसी इस्टर्न रिजन टी–ट्वान्टी क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । विहान भएको खेलमा नेपालले थाईल्याण्डलाई ९ विकेटले पराजित गर्यो । थाइल्याण्डले दिएको ६७ रनको विजयी लक्ष्य ५ ओभर २ बलमा भेट्टाएर बिजयी भएको हो ।
नेपालका लागि ओपनर कुशल मल्लले अवजित ३६ र पवन सर्राफले अविजित २७ रन जोडे । पहिलो जितपछि नेपालले ३ खेलबाट २ अंक जोडेको छ ।

अब नेपालले शुक्रबार अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले शीर्ष दुईमा स्थान बनाउन अब सिंगापुर आजै हुने खेलमा हङकङसँग पराजित हुनुपर्नेछ भने अन्तिम दिन हङकङले मलेसियालाई पनि पराजित गर्नुपर्नेछ ।