सुर्खेतमा यात्रु बोकेको जिप तीनसय मिटर तल खस्यो हताहतीको संख्या आउँन बाँकी

सुर्खेतमा यात्रु बोकेको जिप तीनसय मिटर तल खस्यो हताहतीको संख्या आउँन बाँकी

फागुन २१, सुर्खेत ।
सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकैको भिरबाट यात्रु बोकेको जीप झण्डै तीस सयम मिटर तल खसेको छ । सुर्खेतको चिङगाड गाँउपालिका वडा नम्बर ६ पाम्काबाट यात्रु बोकेर सुर्खेतको वीरेन्द्रनगर तर्फ आउदै गरेको जीप भीरबाट तल खसेको प्रत्यक्षदर्शी चिङगाड गाँउपालिका अध्यक्ष देव बहादुर चन्दले जानकारी दिए । जीपमा यात्रु खचाखच भएको भए पनि एकीन संख्या थाहा हुन सकेको छैन् । घटना स्थलमा उद्धारको लागि प्रहरी पुगेको छ । ट्राफिक प्रहरी हवल्दार कुवेर वलीले उद्दार कार्य जारी रहेको जानकारी दिए । थप विवरण आउन बाँकी रहेको छ ।