सुर्खेत जिप दुर्घटना अपडेटः तीनको मृत्यु, चार घाइते

सुर्खेत जिप दुर्घटना अपडेटः तीनको मृत्यु, चार घाइते

२१ फागुन, काठमाण्डौ ।
सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकैको भिरबाट यात्रु बोकेको जीप झण्डै तीस सय मिटर खसेको छ । उक्त दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपाचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटो मृत्यु भएको हो।
घाइतेहरुलाई उपचारको लागि विरेन्द्रनगर पठाइएको छ ।
मृतकमध्ये दुई पुरुष र एकजना महिला रहेका छन्। उनीहरु तथा घाइतेको सननाखत हुन भने बााँकि नै छ ।