मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीको अप्रेसन जारी

मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीको अप्रेसन जारी

फागुन २१, काठमाडौँ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको अप्रेसन (शल्यक्रिया) भइरहेको छ।
मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेको हो ।
प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा सङ्ग्रौलाले मिर्गौला दान गर्देछीन् । संग्रौलालाई यसअघि नै शल्यक्रिया कक्ष लगिसकिएको छ।
यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।