रेखा र दयाहाङको ‘नीरफूल’ चैत ७ मा

रेखा र दयाहाङको ‘नीरफूल’ चैत ७ मा

फाल्गुन २१, काठमाडौं ।
अभिनेत्री रेखा थापा र अभिनेता दयाहाङ राईको मुख्य अभिनय रहेको चलचित्र ‘नीरफुल’को रिलिज डेट सरेको छ । फागुन ३० मा रिलिज हुने भनिएको उक्त चैत ७ गतेलाई सारीएको हो ।
निर्देशक फूलमान वलले निर्देशन गरेको फिल्म ‘नीरफूल’ यसअघि फागुन २३ मा रिलिज डेट तोकिएको थियो । तर चलचित्र ‘म यस्तो गीत गाउछु–२’ र हिन्दी फिल्म ‘बाघी–३’ आउने भएपछि ३० मा सारिएको थियो ।
चलचित्र ‘नीरफूल’को ट्रेलर मंगलबार सार्वजनिक भएको छ । उक्त चलचित्र भूकम्पमा परि बिछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षमा आधारित बताइएको छ ।
फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय रहेकोे छ ।
त्यस्तै प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन्। राजेशपायल राई, दुर्गा खरेल र प्रमोद खरेलले स्वर दिएका छन् ।