सुनको भाउमा अचाक्लि बृद्दीः तोलामै २२ सय रुपैयाँ बढ्यो

सुनको भाउमा अचाक्लि बृद्दीः तोलामै २२ सय रुपैयाँ बढ्यो

फागुन २१, काठमाडौँ ।
आज साताको चौथो दिन बुधबार सुनले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको भाउ आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्म कै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको जनाएको छ ।
यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।