मिस वर्ल्ड २०२० को फाइनल नेपालमा !

मिस वर्ल्ड २०२० को फाइनल नेपालमा !

२१ फागुन, काठमाण्डौ ।
सन् २०२० को ‘मिस वर्ल्ड’ प्रतियोगिताको फाइनल कार्यक्रम नेपालमा गर्न अध्ययन हुँदैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मिस नेपालको आयोजना गर्दै आइरहेको ‘द हिडन ट्रेजर’ले त्यसको प्रक्रिया अगाडी बढाएका हुन् ।

संभावना अध्ययन गर्न विहीबार(मार्च ५) मा २०१९ कि मिस वल्र्ड जमैकाकी टोनी आन सिंह, मिस वल्र्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्ली नेतृत्वको टोली नेपाल आउँदैछ ।

टोलीले पहिलो चरणको अध्ययन गरेपछि थप अध्ययनका लागि प्राविधिक टोली नेपाल आउने ‘द हिडन ट्रेजर’ अध्यक्ष दिवाकरराज राजकर्णिकारले बताए । यो खबर नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।