April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

कोरोना भाइरसबाट प्रभावित हुन सक्ने भन्दै अमेरिकाले नेपाललाई गर्याे यस्तो सहयोग

कोरोना भाइरसबाट प्रभावित हुन सक्ने भन्दै अमेरिकाले नेपाललाई गर्याे यस्तो सहयोग

फागुन २१, काठमाडौँ ।
कोरोना भाइरसले विश्वलाई नै आजित बनाइरहेको बेला यसबाट प्रभावित तथा प्रभावित हुन सक्ने नेपालसहित २५ देशलाई अमेरिकी सहयोग नियोग युएसएड ले आर्थिक सहयोग गर्ने भएको छ ,।
आर्थिक सहयोग स्वरुप अमेरिकाले संक्रमण भइसकेका तथा संक्रमणको जोखिममा रहेका विभिन्न २५ मुलुकलाई आवश्यक व्यवस्था गर्न तीन करोड ७० लाख अमेरिकी डलरको सहयोग उपलब्ध गराउने भएको हो । यो सहयोग प्राप्त गर्ने २५ राष्ट्रको सूचीमा नेपाल पनि छ। कोरोना संक्रामक भाइरसको खतरा विश्वभरि नै रहेकाले अन्य दातृ राष्ट्रलाई पनि यो कोषमा योगदान गर्न अमेरिकी सरकारले आह्वान गरेको छ।
पहिलो चरणको सहयोग प्राप्त गर्ने राष्ट्रहरूमा नेपाल, अफगानिस्तान, अंगोला, इन्डोनेसिया, इराक, काजकिस्तान, केन्या, दक्षिण अफ्रिका, ताजकिस्तान, फिलिपिन्स, तुर्किमेनिस्तान, उच्वेकिस्तान, जाम्बिया, जिम्बाबे, बंगालादेश, कम्बोडिया, इथियोपिया, किर्ज रिपब्लिक, लाओस, मंगोलिया, नाइजेरिया, पाकिस्तान, थाइल्यान्ड, भियतनामलगायत छन् ।

अमेरिकी सरकारले विश्व स्वास्थ संगठन, अन्य बहुपक्षीय सहयोग निकाय तथा युएसएडले नेतृत्व गरेका कार्यक्रममार्फत संक्रामक रोगविरुद्ध सहयोग उपलब्ध गराउँदै आएको छ।