May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

जिल्ला अस्पताल फाप्लुलाई ३० लाखको उपकरण

जिल्ला अस्पताल फाप्लुलाई ३० लाखको उपकरण

२१ फागुन, काठमाण्डौ ।
जिल्ला अस्पताल फाप्लुलाई रू. ३० लाख बराबरको उपकरण प्रदान गरिएको छ । अस्पताललाई लायन्स क्लब इन्टरनेशनलले प्रसूतिका लागि उक्त रकम बराबरको अति आवश्यक १२ प्रकारका उपकरण प्रदान गरेको हो ।
एक कर्यक्रम बिच लायन्सले उक्त उपकरण हस्तान्तरण गरेको थियो । कार्यक्रममा लाइन्स क्लब इन्टरनेशनलले हिमाली जिल्ला सोलुखुम्बु विश्वकै आकर्षणको केन्द्र भएकाले यसलाई हरेक सेवासुविधाको हिसाबले अब्बल बनाउनु आजको आवश्यकता भएको जनाएको छ ।
लाइन्स क्लब अमेरिकाबाट प्राप्त उपकरण पोखरा–विराटनगर हुँदै सोलुखुम्बुसम्म ढुवानीको जिम्मेवारी लाइन्स क्लब काठमाडौंले गरेको छ ।
अत्यन्तै संवेदनशील उपकरण भएकाले पोखराबाट सोलुखुम्बुसम्म ढुवानी गर्न करीब रू. एक लाख २५ हजार बराबरको रकम खर्च भएको लाइन्स क्लब काठमाडाले जनाएको छ ।
जनशक्ति भए पनि उपकरण नहुँदा यहाँका अधिकांश महिला ओखलढुङ्गाको मिशन अस्पताल या काठमाडौंलगायत अन्य स्थानमा जानुपर्ने बाध्यतलाई हटाउनको लागि गरिएको उक्त सहयोगले जिल्लामा मातृ शिशु मृत्युदरलाई कम गर्न सकिने विश्वास क्लबले लिएको छ ।