May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

एकैपटकमा एक युवकले गरे दुई युवतीसँग विवाह

एकैपटकमा एक युवकले गरे दुई युवतीसँग विवाह

२१ फागुन, काठमाण्डौ ।
भनिन्छ विवाह भनेको जनम जनमको अटुट बन्धन हो । यसले दुई धड्कनलाई एक बनाउँछ । तर भारतमा एक यस्तो घटना घटेको छ जहाँ एक युवकले एकैपटक दुई युवतीसँग विवाह गरेका छन् ।
भारतको प्रयागराजमा एक युवक आफ्नी प्रेमिकासँग विवाह गर्न मन्दिर पुगेका बखत उसकी पुरानी प्रेमिका पनि आइपुगेर पुरानी प्रेमिकाले मन्दिरमा हंगामा मच्चाएपछि युवकले दुवै युवतीलाई सिन्दूर हालेर आफ्नो बनाएका थिए ।

पुरानी प्रेमिकाले आफूसँग युवकले बिहे नगरेमा विष खाएर मर्ने धम्की दिदै तीे प्रेमिकाले हंगामा मच्चाएकी थिइन् ।
सोमवार साँझ नयाँ प्रेमिकासँग विवाह गर्न युवक मन्दिर पुग्दा पूर्व प्रेमिका पनि आएर मन्दिरमै हंगामा भएपछि युवकले सबैका सामु दुवै प्रेमिकासँग विवाह गरेका हुन् ।
उनीहरू दुवै प्रमिकालाई सिन्दूर लगाएर मंगलसूत्र समेत ति युवकले लगाइदिएका थिए । एजेन्सी ।