April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

भारतमा पनि ह्वात्तै बढ्यो कोरोनाः थप ६ संक्रमित भेटिए

भारतमा पनि ह्वात्तै बढ्यो कोरोनाः थप ६ संक्रमित भेटिए

२१ फागुन, काठमाण्डौ ।
भारतको कर्नाटकमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कर्नाटक स्वास्थ्य मन्त्रालयले बुधबार कोरोना भाइरसबाट छ जना सङ्क्रमित भएको पुष्टि गरेको हो । मंगलबार कर्नाटक स्वास्थ्य मन्त्रालयले एक आपतकालीन बैठक बोलाएको थियो ।
कोरोना भाइरस संक्रमितले तेलेगुबाट बेगंलरको यात्रा गरेका गरेका थिए ।
योसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या अठाइस पुगेको छ ।

यसैबिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पटक होली कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन् । भारत कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि प्रधानमन्त्री मोदी यो साल हुने कुनै पनि होली कार्यक्रममा सहभागी नहुने भएका हुन् ।

भारतमा बुधबारसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने संक्रमण भएको आशंका ७० जनालाई निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
भारतलगायत विश्वभरका ७० मुलुकमा प्राण घातक कोरोना भाइरस भेटिएको छ ।
गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ७० भन्दा बढी देशमा फैलिएको छ ।