May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

२१ फागुन, काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्ष नियुक्त भएका छन् । राष्ट्र बैंकको सेवाबाट निरौला गत पुसमा बिदा भएका थिए ।
निरौलाले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निरौलासँग केन्द्रीय बैंकमा ३० वर्षको सेवा अनुभव छ ।


निरौलाले अर्थशास्त्र र जनप्रशासन विषयमा स्नातकोत्तर गरेका छन् । उनीसँग राष्ट्र बैंकमा सुपरीवेक्षण तथा नियमन विभागमा काम गरेको अनुभव छ ।