June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सुर्खेतमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार गम्भीर घाइते

सुर्खेतमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार गम्भीर घाइते

२१ फागुन, काठमाडौं । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित गल्छेनामा जीप दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का रहेका छन्।

बुधबार दैलेखको धरमपानीबाट सुर्खेत आउदै गरेको जीप गल्छेनामा दुर्घटना भएको हो। यात्रु बोकेको जीप एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते चारै जनाको  उपचार भइरहेको छ।