मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

बुधवार(आज) त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र उनको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ । उनका मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् ।