April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

पाँच हजार भुकम्प पिडित जोखिम युक्त घरमै

पाँच हजार भुकम्प पिडित जोखिम युक्त घरमै


फागुन २२, काठमाडौँ ।
पाँच हजार भुकम्प पिडित अझै पनी जोखिम युक्त घरमा बसी रहेका छन् । ठुलो परिवार भएका मानिसरुको लागी एक कोठे घर पर्याप्त नभएपछी पुरानो घर नै पुननिर्माण गरेर बस्न बाध्य भएका छन । भुकम्प पिडितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत ३ लाख रुपैयाँ पाएका थिय । उक्त तीन लाख रुपैँयाले एक कोठे घर बनाएकाहरू यस्ता घरमा बस्न थालेका हन ।
चर्किएका घर लाई टालटुल गरेर बस्नेहरु करीब पाँच हजारको हाराहारीमा रहेका छन । एउटै परिवारमा पाँच जनाभन्दा बढी भएकाहरू एककोठे घरमा नअटेपछि चर्किएका घरमा बसिरहेको छन  । उनिहरूले राहत स्वारुप पाएको पैसाले मापदण्ड पु¥याउन एककोठे घर बनाए थिय । तर पनि अहिले पुरानै घरलाई लिपपोत गरेर बसोबास गर्दै आएका छन ।
स्थानिय तहले भुकम्प पिडित लाई राहतको लागि घर भत्किएको र नयाँ घर आवश्यक हो भने ३ लाख रुपैयाँ लिन सिफारिस गर्छ । यसरी स्थानीय सरकारले नहेरी सिफारिस गर्दा भूकम्प प्रभावित सबै जिल्लामा यस्तो समस्या देखा पर्ने थालेको छ ।
पाँच वर्ष बित्न लाग्दा पनी जोखिम युक्त घरमा बस्ने लाई सुरक्षित घरमा बसाउने बारे कुनै पहल भएको छैन । परिवारको संख्या धेरै भएकालाई सरकार मार्फत बनाइएको एक कोठे घर उपयुक्त नहुँदा यस्तो समस्या आएको हो । यस विषयमा स्थानिय तह उत्तरदायी नबनेको हो कि केन्द्रिय सरकारको ध्यान जान नसकेको हो ।
चैत मसान्तसम्म पहिलो किस्ता बुझी सक्नुपर्ने
कार्यकारी समितिको मंगलबार बसेको बैठकले चैत मसान्त सम्म लाभ ग्राहीले पहिलो किस्ता लिई सक्नुपर्ने निर्णय गरेको छ । समितिको बैठकबाट चैत मसान्त सम्म अनुदान सम्झौता गरेर पहिलो किस्ता लिइसक्नु पर्ने निर्णय भएको छ ।
दोस्रो किस्ता असार र तेस्रो किस्ता मंसिर सम्म लिइसक्नु पर्नेछ । भुकम्प पिडितले अनुदान स्वारुप लिएको रकमले मंसिर सम्म पुन र्निर्माणको काम सक्नु पर्नेछ । यो समय सिमा पछी रकम लगेर पनि घर नबनाउने बाट रकम फिर्ता हुनेछ । पछिल्लो तथ्यांक अनुसार रकम लिएर घर नबनाउनेको संख्या १ लाख ३५ हजार १ सय ५० छ । उीनहरूले अहिलेसम्म दोस्रो किस्ता बुझेका छैनन । पहिलो किस्ताबापत ५० हजार पाउने नियम छ ।
कुल लाभ ग्राहीको संख्या ८ लाख २७ हजार ५ सय २७ रहेको छ । जसमा ७ लाख ७८ हजार २ सय ४८ जनाले मात्र अनुदान सम्झौता गरेका छन । ४९ हजार २ सय ७९ ले अहिलेसम्म अनुदान सम्झौता गरेका छैनन् । तेस्रो किस्ता लग्ने ६८ प्रतिशतले घर बनाइसकेका छन ।