June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

टाटा पिकअपको ठक्करबाट महोत्तरीमा एक जनाको मृत्यु

टाटा पिकअपको ठक्करबाट महोत्तरीमा एक जनाको मृत्यु

बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बा ४४ प ६२२४ नम्बरको मोटरसाइकललाई सो स्थानमा विपरीत दिशाबाट आउँदै गरेको स १ च १८०६ नम्बरको टाटा पिकअपले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए । उनको बर्दिवासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सोही दुर्घटनामापरी रामेछाप जिल्ला मन्थली नगरपालिका–५ बस्ने ३८ वर्षीय रुद्रराज कार्की गम्भीर घाइते भएका छन् ।