April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

काठमाडौँ उपत्यका भित्र विद्युतिय बस चढ्दा ज्वरो नाप्नु पर्ने

काठमाडौँ उपत्यका भित्र विद्युतिय बस चढ्दा ज्वरो नाप्नु पर्ने

फागुन २२, काठमाडौँ ।
कोरोना भाईरस सक्रंमण बाट जोगिन काठमाडौंमा उपत्यका भित्र सञ्चालित विद्युतीय बसमा यात्रा गर्दा ज्वरो नापेर मात्र यात्रा गर्नुपर्ने भएको छ । उक्त नियम आज बिहिबार देखी सुन्दर यातायात कम्पनीले लागु गर्र्दै छ  । कोरोना भाइरस विश्वभर फैलिय संगै कम्पनीले संक्रमण बाट जोगिन यस्तो निर्णय लिएको हो ।
कम्पनिले तापक्रम तथा ज्वरो जाँच्न चार वटा इन्फ्रारेड थर्मामिटर ल्याइएको छ  । उक्त थर्मामिटर गाडी उत्पादक चिनियाँ कम्पनी बिएकेले पठाएको हो । कम्पनीले दुई वटा विद्युतीय बस चक्रपथ सडक खण्डमा सञ्चालन गरिरहेको छ । उक्त बसमा ज्वरो जाँच्नका लागि प्रत्येक बसमा चालक र सहचालक बाहेक दुई जना स्वास्थ्यका कर्मचारी खटाइएको छ  ।
स्वास्थ्य सम्बन्धी पढेका दुई जना कर्मचारीले एप्रोन, माक्स सहित सुरक्षित तरिकाले गाडीमा आफनो भुमिका निर्बाह गर्नेछन् । ज्वरो नाप्दा एक सयभन्दा बढी तापक्रम पाइएमा यात्रुलाई मास्क उपलब्ध गराइने र अस्पताल जान सुझाव दिइने भएको छ  ।
ज्वरो आएको देखिएमा यात्रुहरू गाडीमा यात्रा गर्न नपाउने भएका छन् । कम्पनीले जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग र सरुवा रोग नियन्त्रण महाशाखा सँग छलफल गरेर नै यस्तो व्यवस्था लागु गर्ने भएको हो ।