May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

होली नखेल्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको आग्रह

होली नखेल्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको आग्रह

फागुन २२, काठमाडौँ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न आग्रह गरेको छ । बिहीबार सूचना जारी गर्दै प्रशासनले विश्वप्यापी बन्दै गएको कोरोनाको संक्रमणबाट बच्नका लागि होली नखेल्न अनुरोध गरेको हो ।
विश्व स्वास्थ्य संगठनले नेपाल लाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको स्मरण गराउँदै प्रशासनले धेरै भिडभाड हुने ठाउँमा नजान समेत आग्रह गरेको छ ।
विश्वभर अहिलेसम्म ८१ भन्दा बढी देशमा कोरोना संक्रमण फैलदाँ ९५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । ३ हजार २ सय मानिसको मृत्यु भएको छ । भने ५३ हजार २ सय ७६ जना मानिस संक्रमण भएर पनि निको भएका छन् ।