April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

१३० व्यावसायीक फार्मलाई ७ दिनभित्र उपस्थित हुन विभागको आग्रह

१३० व्यावसायीक फार्मलाई ७ दिनभित्र उपस्थित हुन विभागको आग्रह

फागुन २२, काठमाडौँ ।
नक्कली मुल्य अभिवृद्धी कर बिल बनाई अनधिकृत रुपमा कारोबार गर्दै आएका १३० व्यावसायीक फार्म तथा कम्पनी लाई राजस्व अनुसन्धान विभागले सात दिन भित्र उपस्थित हुन आग्रह गरेको छ ।
विभागले बिहिवार सूचना मार्फत त्यस्ता व्यवसायीलाई उपस्थित हुन आग्रह गरेको हो । विभागले भ्याट बिल छली तथा अन्त शुल्कमा समेत गैर–कानूनी रुपमा छली गरेको पाइएकाले सार्वजनिक रुपमा नै उनिहरुलाई उपस्थित हुन भनेको हो ।
विभागले नक्कली भ्याट बिल तथा अन्त शुल्क छलीको मात्रै रू. १५ अर्ब बराबरको मुद्दा अदालतमा दायर गरिसकेको छ । विभागले नक्कली भ्याट बिल र अन्त शुल्क छली गरेको अभियोगमा २०० भन्दा बढी व्यावसायीक फार्म तथा कम्पनी माथी अनुसन्धान गरिरहेको छ ।
प्रकाशित सुचनामा ती व्यावसायिक फार्म तथा व्यापारिक प्रतिष्ठान सम्पर्कमा नरहेको र ती संस्थामा काम गर्ने व्यक्ति तथा मजदुरका नाममा बैंक खाता खोलेको पाइएको छ । उनिहरुलाई विभागले पटक–पटक सम्पर्कमा आउन आग्रह गर्दा समेत अटेर गरिरहेका छन् ।