April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

एभरेस्ट प्रिमियर लिग स्थगित

एभरेस्ट प्रिमियर लिग स्थगित

फागुन २२, काठमाडौँ ।
चैत १ गते बाट त्रिवि क्रिकेट मैदानमा शुरु हुन लागेको एभरेस्ट प्रिमियर लिग स्थगित भएको छ । कोरोना भाइरस(कोभिड–१९) विश्वभर नै फैलिए पछी गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा प्रतियोगिता स्थगित गरिएको हो ।
कोभिड–१९ को सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले ठूलो संख्यामा मानिस जम्मा हुने सभा सम्मेलन तथा खेल प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिएको थियो । यद्यपी प्रतियोगिताको नयाँ तालिका भने सार्बजनिक गरेको छैन । कोभिड–१९ को संक्रमणको अवस्था हेरेर प्रतियोगिताको नयाँ तालिका सार्वजनिक गरिनेछ ।