April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नेपाल–भारत सिमाको ३७ नाकामा चेक जाँच गर्ने

नेपाल–भारत सिमाको ३७ नाकामा चेक जाँच गर्ने

फागुन २२, काठमाडौँ ।
नेपाल–भारत को ३७ सिमा नाकामा चेक जाँच गरिने भएको छ । कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिन उक्त निर्णय गरेको हो । कोरोना विश्वभर फैलिदै गएको छ ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले आउजाउ हुने नेपाल र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली पठाएर चेकजाँच गर्ने निर्णय गरेको हो ।
प्रदेशहरुमा टोली पठाइसकेको छ भने अरु नाकाका लागि पनि टोली पठाउने तयारी भईरहेको छ । साथै त्रिभुवन विमानस्थलमा भइरहेको चेक जाँच लाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ ।
बिहीबार बिहानसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोभिड–१९ का कारण ३ हजार २ सय ८५ जनाको मृत्यु भइसकेको छ । भने ९५ हजार भन्दा बढी संक्रमित रहेका छन ।