April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

अव सुन बैंकमा राख्दा सुनै ब्याज पाइने

अव सुन बैंकमा राख्दा सुनै ब्याज पाइने

फागुन २२, काठमाडौं ।
के तपाई सँग प्रशस्त सुन छ ? अनी कहाँ राख्ने भन्ने चिन्तामा हुनुहुन्छ रु छ भने अव चिन्ता नलिनुहोस् । अव तपाईको सुनको सुंरक्षा र उल्टै सुन नै ब्याज समेत पाउँनु हुने छ । हिजो सम्मा सुन राख्दा उल्टै ब्याज तिर्नुपर्नेमा अव भने बैंकले ब्याज तिर्ने छ । नेपाल राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै सुन निक्षेप योजना शुरु गरेसँगै अव बैंकले सुन राखेबापत ब्याज नै दिनेछन् । तर यस्को लागि न्यूनतम २५ ग्रामभन्दा बढि सुन मात्र बैंकमा निक्षेपका रुपमा राख्नु पर्नेछ ।
सुनको शुद्धता तथा तौल मापन गर्ने छुट्टै संयन्त्र बैंकले तोक्नु पर्नेछ । कम्तिमा ९९५ फिटनेस सुन मात्र बैंकले निक्षेपका रुपमा राख्न सकिने छ ।
आफूले बैंकमा जम्मा गरेको सुनको ब्याज पनि सुनमै फिर्ता लिन सकिने छ तर यस्को लागि सुन राख्नुभन्दा पहिले नै निर्कोल गर्नु पर्ने छ । यसरी सुन निक्षेप कम्तिमा ३ बर्ष र अधिकतम ५ बर्षका लागि राख्नु पर्ने हुन्छ । सुन निक्षेपको ब्याजदर भने बैंकहरुले नै निर्धारण गर्ने छन् । नगदमा ब्याज लिने ग्राहकलाई ब्याज रकम त्रैमासिक रुपमा भुक्तानी गर्ने प्राबधान राखिएको छ । सुन ब्याजमा लिने ग्राहकलाई त्रैमासिक रुपमा ’कम्पाउन्डिङ इन्ट्रेस्ट’ मा गणना गरी निक्षेप अवधिपछि भुक्तानी गर्नुपर्छ ।
सुन निक्षेप स्वीकार गर्ने बैंकको ढुकुटीमा रहेको सुन राष्ट्र बैंकको निर्देशन अनुसार कायम गर्नु पर्ने अनिवार्य तरलता अनुपात तथा वैधानिक तरलता अनुपात गणना गर्न सकिने छ । सीआरआरको अधिकतम २५ प्रतिशतसम्म मात्र सुन निक्षेपको रुपमा गणना गर्न पाइने छ ।