April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

सिटिजन्स बैंकद्वारा पाल्पाको भैरव नवदिप माविलाई कम्प्युटर प्रदान

सिटिजन्स बैंकद्वारा पाल्पाको भैरव नवदिप माविलाई कम्प्युटर प्रदान

फागुन २२, काठमाडौँ ।
सिटिजन्स बैंक इन्टरनेशनलले आफनो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत पाल्पाको नवदिप मावी लाई कम्प्युटर प्रदान गरेको छ । बैंकले पाल्पाको रैनादेवी छहरा गाउँपालिका—४ स्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर प्रदान गरेको हो ।
उक्त सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीको प्राविधिक सिकाइमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ । काठमाडौंमा हिजो बुधवार आयोजित एक कार्यक्रम बिच बैंकले विद्यालयलाई सो सहयोग हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजीक उत्तरदायीत्व अन्र्तगत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।