May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

माधव नेपालको जन्मदिन मनाउन निवासमा पुगे भारतीय राजदूत क्यात्रा

माधव नेपालको जन्मदिन मनाउन निवासमा पुगे भारतीय राजदूत क्यात्रा

फागुन २३, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको जन्मदिन मनाउँन उनको निवासमा विहानै भारतीयत राजदूत विनयमोहन क्वात्रा पुगेका छन् । यसैसाता मात्र पदतथा गोपनियताको सपथ लिएर सकिृय भएका क्यात्राको यो भ्रमणलाई विशेष चासोको रुपमा हेरिएको छ ।
कोटेश्वरस्थीत निवासमा भएको भेटमा उनीहरुबीच दुई देशको आपसी हित र सम्बन्धबारे कुराकानी भएको नेपालको निजी सचिवालयले जनाएको छ ।
वरिष्ठ नेता नेपालले नवनियुक्त राजदूत क्वात्रालाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । राजदूत क्वात्राले नेपाललाई जन्मदिनको शुभकामना दिएका थिए । साथै नेपालको राजनीतिमा पछिल्लो सत्ता समिकरणको बारेमा पनि कुरा भएको सचिबालय स्रोतले बताएको छ । स्रोतका अनुसार नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा नेपाल या बामदेश गौतमलाई उभ्यिाउने कसरत भएको समय नेता नेपाललाई भारतीय राजदूतले नै जन्मदिनको शुभकामना दिन पुगेपछि यस्लाई विशेष रुपमा हेरिएको छ ।