April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

सुनको मुल्यमा नयाँ किर्तिमानः तोलाको साढे ८२ हजार पुग्यो

सुनको मुल्यमा नयाँ किर्तिमानः तोलाको साढे ८२ हजार पुग्यो

२३ फागुन , काठमाडौं ।
साताको अन्तिम दिन सुनचाँदीकोे मूल्यले नयाँ किर्तिमान राखेको छ । शुक्रबार सुन तोलामा एक हजार आठ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
बिहीबार ८० हजार सात सयमा कारोबार भएको छापावाला सुन शुक्रबार ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ८२ हजार दुई सयमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।