April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

सरकारले नेपाल भारत सीमा क्षेत्रमा थाल्यो उच्च सतर्कता, स्वास्थ्यकर्मीलाई कोरोना भाइरस विरुद्ध तयारी अवस्थामा राखिने

सरकारले नेपाल भारत सीमा क्षेत्रमा थाल्यो उच्च सतर्कता, स्वास्थ्यकर्मीलाई कोरोना भाइरस विरुद्ध तयारी अवस्थामा राखिने

२३ फागुन, काठमाडौँ ।
चिन बाट माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको भारतमा पनि संक्रमण देखिन थाले पछी सरकारले दुवै मुलुकको सीमा क्षेत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । संक्रमण भित्रिन नदिन नेपाल–भारतका ३७ सिमा नाकामा पनि चेकजाँच गर्ने निर्णय सरकारले गरेको छ । चिन र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली खटाएर चेकजाँच गर्ने निर्णय गरेको छ ।
बाग्मती प्रदेशका १३ वटै जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीलाई नोबेल कोरोना भाइरस विरुद्ध तयारी अवस्थामा राखिएको छ । सामाजिक विकास मन्त्रालय मातहतका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई भाइरसविरुद्ध सचेत पार्दै तयारी अवस्थामा राखिएको हो ।
हेटौडामा भाइरसको संक्रमण प्रदेशमा फैलन नदिन स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी तयारी हालतमा राखिएको छ । बाग्मती प्रदेश मातहतका ८ वटा अस्पताल, १३ वटा जिल्लाका स्वास्थ्य कार्यालय र १३ वटै जिल्लाका आयुर्वेद संस्थालाई सचेत रहँदै शंकास्पद बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
तातोपानी नाकामा पनि यसका शंकास्पद विरामी आइहालेमा उपचार गर्ने व्यवस्था मिलाइनुका साथै दुईवटा एम्बुलेन्स तयारी हालतमा राखिएको हो । मकवानपुर जिल्ला प्रशासन कार्यालयले भिडभाड हुने सभा सम्मेलन लगायत कार्यक्रम सञ्चालन गर्न पनि रोक लगाएको छ ।
यस्तै, काठमाडौं जिल्ला प्रशासन कार्यालय र ललितपुरले छुट्टाछुट्टै सुचना जारी गरी जिल्ला भित्र भीडभाड हुने भेला, सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्न सबैमा अनुरोध गरेको छ । दुवै जिल्लामा अर्को निर्णय नभएसम्मका लागि भन्दै अनिश्चितकालीन रोक लगाइएको हो ।
प्यूठान जिल्ला प्रशासन कार्यालयले पनि सबै स्थानीय तह तथा जिल्ला स्थित सबै कार्यालयलाई पत्राचार गर्दै सभा, सम्मेलन तथा भीडभाड जम्मा हुने कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ । दार्चुला जिल्ला अस्पतालले सावधानी अपनाउन आह्वान गरेको गरेको छ ।
यसैगरी, सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ति जारी गरी जिल्लामा सभा, सेमिनार, गोष्ठी, मेला, पर्व, महोत्सव, भोजभतेर, होलीजस्ता भिडभाड हुने कार्यक्रममा रोक लगाइएको छ ।
यसैगरी, काभ्रे जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भिडभाड हुने कार्यक्रमहरू स्थगन गर्न र कार्यक्रममा सहभागी नहुन सबैमा अनुरोध गरेको होे ।
संखुवासभाका १० वटै स्थानीय तहमा तय गरिएका कार्यक्रम गर्न रोक लगाउन निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसद दुलालले संक्रमण हुनबाट बच्ने उपायहरूको पालना गर्न र भीडभाड हुने कार्यक्रममा सहभागी नहुन सबैमा आह्वान गरेका छन् ।
नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको अध्यक्षतामा बुधबार बसेको सुरक्षा समितिको बैठकले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न आठ बुँदे निर्देशन जारी गरे संगै जिल्लामा कुनै पनि सभा सम्मेलनजस्ता भीडभाड हुने कार्यक्रम सञ्चालनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले पनि बिहीबार सुचना जारी गरी संयमता अपनाउन आह्वान गरेको गरे संगै जिल्ला भित्र कुनै पनि सभा समारोह नगर्न जिल्ला प्रशासनले आह्वान गरेको छ ।
यसैगरी, उदयपुर जिल्ला प्रशासन कार्यालयले पनि सभा सम्मेलन गर्न रोक लगाएको छ । अनिश्चितकालका लागि सभा सम्मेलन तथा भीडभाड हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ ।
स्याङ्जामा पनि अर्को निर्णय नभए सम्मका लागि मेला, महोत्सव, सम्मेलन लगायत कार्यक्रम नगर्न अनुरोध गरेको प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार सुचना जारी गर्दै सार्वजनिक समारोह नगर्न अनुरोध गरेको हो ।
यस्तै, धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि भिडभाड हुने कुनै पनि गतिविधि नगर्न सूचना जारी गरेको छ । यस्तै, इलाम जिल्ला प्रशासन कार्यालयले पनि जिल्लामा भीडभाड हुने किसिमका कुनै पनि कार्यक्रम सञ्चालनमा रोक लगाएको छ ।