मास्कको हाहाकार,अभाव टार्न नयाँ मास्क उद्योग खोल्ने तयारी

मास्कको हाहाकार,अभाव टार्न नयाँ मास्क उद्योग खोल्ने तयारी

२३ फागुन, काठमाडौँ ।
कोरोना भाइरसको बढ्दो त्रासबीच चिकित्सकले मास्क प्रयोग गर्न सुझाइरहेका छन् । तर बजारमा मास्क किन्नै पाइदैन यदि पाइहालेपनि दोब्बर तेब्बर मूल्य तिर्नुपर्ने बाध्यता छ । यहि बाध्यतालाई मध्यनजर गर्दै केही व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् ।
सरकारको सहजिकरणमा दीपक मल्होत्रासहित करिब आधा दर्जन उद्योगी व्यवसायीको टिमले मास्क उत्पादन गर्ने योजना बनाएको हो ।
तर तयसको लागि कति बजेट लाग्ने सो भने निक्र्यौल गर्न सकिएको छैन । अहिले भारतमा नै मास्क उत्पादनका लागि चाहिने कच्चा पदार्थ महंगो भएको छ । त्यसैले एउटा मास्क उत्पादन गर्न ८ रुपैयाँसम्म लाग्न सक्ने देखिएको छ ।
यसैबिच, सरकारलाई भन्सारलगायतमा छुट प्रदान गर्न आग्रह गर्दे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्र लेख्ने निर्णय गरेको छ ।