May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

एसईई स्थगित भएको हल्ला मात्रै भएको भन्दै शिक्षा मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति

एसईई स्थगित भएको हल्ला मात्रै भएको भन्दै शिक्षा मन्त्रालयले निकाल्यो यस्तो  विज्ञप्ति

२३ फागुन, काठमाडौं ।
कोरोना भाइरसको संक्रमण फैलिने खतराका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको र विद्यालयहरू बन्द गर्ने भन्ने खालका समाचार बाहिरिएपछी शिक्षा मन्त्रालयले यी निराधार हल्ला मात्र भएको भन्दै विज्ञप्ति निकालेको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्वद्ध सबैमा हार्दिक अनुरोध गर्दछ,’ ।
शुक्रवार जारी गरिएको विज्ञप्तिमा एसईई पूर्व निर्धारित समयमै हुने उल्लेख गरीएको छ ।