June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

भेडेटारमा बस दुर्घटनाः दुर्घटनामा परि ५५ जना घाइते, ३० को अवस्था गम्भिर

भेडेटारमा बस दुर्घटनाः दुर्घटनामा परि ५५ जना घाइते, ३० को अवस्था गम्भिर

२३ फागुन, काठमाडौं ।
धनकुटा भेडेटारको कार्कीछापमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी ५५ जना घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएकामध्ये ३० को अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।
धरानबाट तेह्रथुमको सुदापतर्फ जाँदै गरेको को.१.ख २८२४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । घाईतेलाई उद्धार गरेर अस्पताल पठाउँने क्रम जारी रहेकाले घाईतेको संख्या यकिन हुँन वाँकी रहेको धनकुटा प्रहरीले जनाएको छ ।
उद्धार गरीएका घाईतेहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।
घटनाको थप विवरण आउँन वाँकी छ ।