June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

‘म यस्तो गीत गाउँछु २’ प्रर्दशन रोकिनुको कारण रहेछ यस्तो

‘म यस्तो गीत गाउँछु २’  प्रर्दशन रोकिनुको कारण रहेछ यस्तो

२३ फागुन, काठमाडौँ ।
फागुन ३० गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रर्दशनमा नआउने भएको छ । चीनबाट फैलिएको कोरोना भाइरस विश्वव्यापि रुपमा फैलिदै गर्दा त्यसको संक्रमण नेपालमा पनि बढ्न सक्ने त्रासका कारण प्रर्दशन स्थगित गरिएको हो ।
शुक्रवार निर्माण कम्पनीले एक विज्ञप्ती जारी गर्दै फिल्म फागुन ३० गतेबाट प्रदर्शनमा नआउने जानकारी गराएको हो । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि फिल्मको प्रदर्शन रोकिएको छ ।
कोरोनाबाट बच्नका लागि जिल्ला प्रशासनले आवश्यक कामबाहेक बाहिर ननिस्कन, भीड(भाडमा नजान र धेरै मानिस भेला हुने कार्यक्रम नगर्न सूचना जारी गरेको थियो । त्यस्तै नेपाल चलचित्र निर्माता संघले समेत सम्भव भएसम्म छायांकन रोक्न सूचना जारी गरेको थियो । उक्त सुचनाको मनन गर्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्नका लागि फिल्मको प्रदर्शन रोकिएको जारी विज्ञप्तीमा उल्लेख छ । नेपाल सरकारको अर्को सूचना नआउँदासम्म फिल्म प्रदर्शनमा नआउने जनाईएको छ ।
सुदर्शन थापाको निर्देशन रहेको चलचित्र ‘म यस्तो गीत गाउछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ ।