May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

कोरोना प्रकोप ः ईटालीमा २३३ को मृत्यु ,उत्तरी इटालीका १ करोड ६० लाख मानिस क्वारेन्टाइनमा

कोरोना प्रकोप ः ईटालीमा २३३ को मृत्यु ,उत्तरी इटालीका १ करोड ६० लाख मानिस क्वारेन्टाइनमा

फागुन २५, काठमाडौँ ।
चीन बाट विश्व भर फैलिएको कोभिड १९ का कारण ईटालीमा मृत्यु हुनेको संख्या २३३ पुगे संगै १ करोड ६० लाख मानिस लाई क्वारेन्टाइनमा राख्ने तयारी । ईटालीमा पछिल्लो २४ घण्टामा मात्रै ५० जना भन्दा बढीले ज्यान गुमाई सकेका छन् । कोरोना लाई न्युनिकरण गर्न लोम्बार्डी क्षेत्र र अन्य १४ प्रान्तमा कम्तीमा १ करोड ६० लाख मानिस लाई अप्रिल सम्म क्वारेन्टाइनमा राखिने भएको छ ।
युरोपमा कोरोना भाईरस सबै भन्दा बढी फैलिएको मुुलुक ईटाली हो । इटालीले जिमखाना, स्वीमीङ पुल, म्युजियम र स्काई रिसोर्टहरु बन्द गर्ने निर्णय गरेको छ । भने इटालीमा यो भाइरस बाट संक्रमितको संख्या ५८०० पुगिसकेको छ ।
इटालीको लोम्बार्डीको पुरै उत्तरी क्षेत्र र इटालीको वित्तीय केन्द्र मानिएको मिलानमा आपतकालीन सेवा बाहेक सबै पहुँच बन्द गरिएको छ । अहिलेसम्म उत्तरी इटालीमा ५० हजार मानिस क्वारेन्टाइन बाट प्रभावित बनेका छन् । इटालीमा रेस्टुरेन्ट र क्याफे खुला त रहनेछन् तर ग्राहकहरु कम्तीमा एक मिटरको दूरीमा बस्नु पर्ने नियम रहेको छ ।