शान्ति सेवामा नेपाली सेना भारत र चीनको सेना भन्दा ‘उत्कृष्ट’

शान्ति सेवामा नेपाली सेना भारत र चीनको सेना भन्दा ‘उत्कृष्ट’

फागुन २५, काठमाडौँ ।
शान्ति सेनाको सेवा प्रदर्शनमा नेपाली सेना चीन र भारत दुबै देशको सेना भन्दा अब्बल साबित भएका छन । संयुक्त राष्ट्र संघ (युएन) शान्ति मिसनमा सुरक्षा दस्ता पठाउने देश मध्ये नेपाल चौथो स्थानमा पुग्न सफल भएको छ । भारत पाँचौं र चीन दशौं स्थानमा रहेका छन् । यस अघि भारत नेपाल भन्दा अगाडि रहे पनी यसपटक नेपालले भारतलाई समेत पछी पारेको हो । नेपाल भन्दा अब्बल शान्ति सेनामा इथियोपिया, बंगलादेश र रुवान्डा रहेका छन । भारत पछी पाकिस्तान, इजिप्ट, घाना, इन्डोनेसिया र चीन प्रमुख १० देश भित्र अटाएका छन् ।
विश्वभरबाट १२२ देशका शान्ति सेना परिचालन हुने मैदानमा नेपाल चौथो स्थानमा रहन सफल भएको हो । नेपाली सुरक्षाकर्मी सेना, सशस्त्र र नेपाल प्रहरी हाल १२ वटा द्वन्द्वग्रस्त देशमा कन्टिन्जेन्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृत गरी ५ हजार ६५८ परिचालन भएका छन् ।
युएन शान्ति मिसनको रेकर्ड अनुसार नेपाल भन्दा बढी सुरक्षाकर्मी इथियोपिया बाट ६ हजार ६३९ जना, बंगलादेश बाट ६ हजार ४१३ जना, रुवान्डा बाट ६ हजार २९२ जना परिचालन भएका छन् ।
युएन शान्ति मिसनमा नेपालको प्रतिनिधित्व सुरू भएको ६१ वर्षे इतिहासमा ५ जना कमाण्डरले मिसन प्रमुखको जिम्मेवारी पाएका छन् । केही समय भित्रै छैटौं मिसन प्रमुख बनेर सेनाका उपरथी ईश्वर हमाल सिरियाको गोलानहाइट्समा मिसनको नेतृत्व गर्न जाने निश्चित भएको छ ।
नेपाली सेनाबाट हालसम्म पूर्व रथी कृष्ण नारायण सिंह थापा, भिक्ट्री शमशेर जबरा, बालानन्द शर्मा, पवनजंग थापा र प्रधानसेनापति पूर्ण चन्द्र थापाले मिसन प्रमुख भएर कुशलता प्रदर्शन गरिसकेका छन् ।