May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

महिला विश्वकप क्रिकेट २०२० को उपाधी अस्ट्रेलिया लाई

महिला विश्वकप क्रिकेट  २०२० को उपाधी अस्ट्रेलिया लाई

फागुन २५, काठमाडौँ ।
अस्ट्रेलियामा जारी टी २० महिला विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । मेलबोर्न क्रिकेट मैदानमा आइतवार भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ८६ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारीत २० ओभरमा ४ विकेट गुमाई भारत सामु १८४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
अस्ट्रेलियाका लागि बेथ मुनीले सर्बाेधिक ७८ रन बनाईन भने अलिसा हिलीले ७५ रनको योगदान दिईन । भारतको बलिङतर्फ डीबी शर्माले ४ ओभरमा ३८ रन दिंदै २ विकेट लिन सफल भईन । भने पुनम यादव र आरपी यादवले एक –एक विकेट हात पारीन ।
जवाफमा १८४ रनको विशाल लक्ष्य पछ्याएको भारत १९ दशमलव १ ओभरमा ९९ रन बनाउदै अलआउट हुन पुग्यो । जसमा भारतकी डीबी शर्माले सर्वाधीक ३३ रन जोडीन । महिला क्रिकेट विश्वकपको फाइनलमा भारत पहिलो पटक पुगेको थियो । भने अस्ट्रेलियाले पाचौँ पटक महिला विश्वकपको उपाधी जितेको छ ।