बैंकमा सुन निक्षेप राख्ने नीति ब्यापारीको हितमा

बैंकमा सुन निक्षेप राख्ने नीति ब्यापारीको हितमा

फागुन २६, काठमाण्डौ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी जस्ता वहुमूल्य धातुलाई बैंकमा निक्षेपको रुपमा राख्न मिल्ने व्यवस्था ग¥यो । बजेटमा भएको प्रबधान अनुसार नेपाल राष्ट्र बैंकले सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने गरी मौद्रिक नीति ल्यायो । राष्ट्र बैंकले सुन निक्षेपको रुपमा राख्ने कार्यविधि बनाएपछि त्यो सर्वसाधारण भन्दा पनि ब्यापारीको हितमा देखिएको छ ।
सुनलाई निक्षेपका रुपमा बैंकमा राख्ने सम्बन्धमा राष्ट्र बैंकले अव्यवहारिक नीति बनाए पछि त्यो ब्यापारकिो हितमा देखिएको हो । सरकारले नीति बनाउँदा आमग्राहक सर्वसाधारण लाभान्वित हुने नीति अख्तियार गर्नु पर्नेमा त्यो भनै ठुला ब्यापारी मात्र पोस्ने नीति ल्याएको हो ।
केन्द्रीय बैकले ढिका सुनलाई मात्र निक्षेपका रुपमा स्वीकार गर्ने व्यवस्थालाई ठूला व्यापारीको स्वार्थअनुकुल मानिएको छ ।
कार्यविधि अनुसार गहनालाई निक्षेपका रुपमा राख्न मिल्दैन । त्यति मात्र होइन २५ ग्राम अर्थात् दुई तोलाभन्दा कम परिमाणको सुनलाई पनि बैंकले निक्षेपका रुपमा राख्न पाउँदैनन् । आम ग्राहकसँग ढिक्का सुन हुँदैन, गरगहना हुन्छ । गरगहनालाई निक्षेपका रुपमा राख्न नमिल्ने व्यवस्थाका कारण राष्ट्र बैंकमाथि ठूला व्यापारीको हितमा कार्यविधि बनाएको हो ।
तर गहनामा प्रयोग गरेको सुनको गुणस्तर जाँच गर्न कठिन हुने भएकाले ढिक्का सुनलाई मात्र निक्षेपका रुपमा स्वीकार गर्ने व्यवस्था गरेको राष्ट्र बैंकको बताउँदै आएको छ । सुनको निक्षेपमा दिने ब्याज भने बैंकअनुसार फरक फरक हुनसक्छ ।